सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ स्थित प्रहरी चौकी मुक्लिको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
कोशी प्रदेशका प्रमुख प्रहरी नायब महारिक्षक राजेशनाथ वास्तोलाको प्रमुख आतिथ्यतामा नव निर्मित कार्यालय, ब्यारेक, मेश तथा शौचालय सहितको ६ कोठे भवनको आज उद्घाटन गरिएको हो ।
भवन उद्घाटन गर्दै वास्तोलाले समाजमा हुने हत्या, हिंसा तथा अपराधिक कार्य रोक्न समाजको भुमिका अहम रहने भन्दै जनता र प्रहरी एक अर्काका परिपुरक भएको बताउनुभएको छ ।
प्रहरी जवान तथा अधिकृतहरुलाई जनताको सेवामा कन्जुस्याई नर्गन निर्देशन दिदै प्रहरीहरुलाई जनअपेक्षीत हुन समेत अग्रह गर्नुभयो ।
यसअघि मुक्लि प्रहरी चौकिले भाडाको भवनबाट सेवा दिईरहेको अवस्थामा अहिले सुविधासम्पन्न २ तले ६ कोठे भवनको आज शुक्रबार उद्घाटन गरिएको हो ।
पुस्पान्जली पिएस जेभिले १ करोड ६६ लाख ३८ हजार ५ सय ६० रुपैयाँ लागतमा भवन निर्माण गरेको हो।
उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, अरिदमन गण सल्लेरीका प्रमुख सेनानी कुलदिप कुवँर, शसस्त्र प्रहरी बलका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र खनाल, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारी लगायत पत्रकार, स्थानियवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाईको बिचार