प्रहरी चौकी बेनिको डिआईजी वास्तोलाद्वारा उद्घाटन - दुधकोशी खबर

प्रहरी चौकी बेनिको डिआईजी वास्तोलाद्वारा उद्घाटन

  • Dudh Koshi २०८० जेठ ३२ बिहीबार १३:०४:५१

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशीमा रहेको प्रहरी चौकी बेनिको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

कोशी प्रदेशका प्रमुख प्रहरी नायब महारिक्षक राजेशनाथ वास्तोलाको प्रमुख आतिथ्यतामा नव निर्मित कार्यालय, ब्यारेक,मेश तथा शौचालय सहितको ७ कोठे भवनको आज उद्घाटन गरिएको हो ।

भवन उद्घाटन गर्दै वास्तोलाले समाजमा हुने हत्या, हिंसा तथा अपराधिक कार्य रोक्न समाजको भुमिका अहम रहने भन्दै जनता र प्रहरी एक अर्काका परिपुरक भएको बताउनुभएको छ ।
प्रहरी जवान तथा अधिकृतहरुलाई जनताको सेवामा कन्जुस्याई नर्गन निर्देशन दिदै प्रहरीहरुलाई जनअपेक्षीत हुन समेत अग्रह गर्नुभयो ।

यसअघि बेनि प्रहरी चौकिले भाडाको भवनबाट सेवा दिईरहेको अवस्थामा अहिले सुविधासम्पन्न २ तले ७ कोठे भवनको आज बिहिवार उद्घाटन गरिएको हो ।

विक्रम संवत २०७३ साल चैत्र २१ गते सम्झौता भएको भवन राष्टिय पुन निर्माण प्राधिकरणको १ करोड ७९ लाख ३३ हजार ६ रुपैयाँ लागतमा निर्माण गरिएको बताईएको छ ।
उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, अरिदमन गण सल्लेरीका प्रमुख सेनानी कुलदिप कुवँर, शसस्त्र प्रहरी बलका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र खनाल, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारी लगायत पत्रकार, स्थानियवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर