पानी अभावले काकाकुल बन्दै माप्य वाकुवासी - दुधकोशी खबर

पानी अभावले काकाकुल बन्दै माप्य वाकुवासी

  • Dudh Koshi २०८० जेठ ३१ बुधबार १५:१९:४९

सोलुखुम्बु :  संघिय संरचना पश्चात यतिबेला नेपालका ७ सय ५३  स्थानिय तह नै नागरिकको आधारभुत आवश्यक्तालाई ध्यानमा राखेर काम गरिरहेका छन ।

तर केही स्थानीय तहमा भने नागरिकहरु अझै पनि काकाकुल को जीवन जिउन बाध्य छन । पुर्वी नेपालको सोलुखुम्बु जिल्ला पनि दुर्गमबाट बिस्तारै सुगमतर्फ पाइला लम्काईरहेको छ ।

तर पनि २१ औं  सताब्दिमा समेत खानेपानीको समस्या झेल्दै गरेको खबरले स्थानीय तहमाथी नै एक किसिमको प्रश्न खडा भएको छ ।

जिल्लाको माप्य दुधकोशी गाउँपालिका ६ वाकुमा खानेपानीको हाहाकार भएको छ। वाकु स्थित पाप्दु खोलाको मुहान सुकेपछि त्यहाँका उपभोक्ताहरूलाई पानीको हाहाकार भएको हो ।

विगत लामो समय देखि प्रयोग गर्दै आएको खानेपानीको मुहान नै सुकेपछि पानी लिन कै लागि १ घण्टासम्म हिडनुपर्ने बाध्यता भएको स्थानीय आसबहादुर राईले गुनासो गर्नुभयो।

करिब २५ घरधुरीले प्रयोग गर्दै आएको पानी बैशाखबाट सुकेपछि समस्या भएको स्थानीय गिता देबी निरौलाले बताउनुभयो । पानी अभावकै कारण यो क्षेत्रका अधिकांश जग्गा जमिन बाँझो बनेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर