थुलुङ दुधकोशीमा महिला शसक्तीकरणका लागि नेतृत्वदायी भूमिका सम्बन्धि तालिम सूरु - दुधकोशी खबर

थुलुङ दुधकोशीमा महिला शसक्तीकरणका लागि नेतृत्वदायी भूमिका सम्बन्धि तालिम सूरु

  • Dudh Koshi २०८० जेठ ३० मङ्गलबार १५:४२:०४
सोलुखुम्बु । जिल्लाको  थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिने महिला शसक्तीकरणका लागि नेतृत्वदायी भूमिका सम्बन्धि तालिम सूरु भएको छ । महिला जनप्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित उक्त तालिम मंगलबार उद्घाटन गरिएको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उक्त तालिममा २७ जनाको सहभागीता रहेको छ । गाउँपालिकाको सभाहलमा जारी तालिमको सहजीकरण डा. रेणुका सोलुले गर्नुहुनेछ ।तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाअध्यक्ष सविता राईले महिलाहरुलाई अवर संगै क्षमता अभिवृद्धिमा पनि थुलुङ दुधकोशी सरकारले ध्यान दिइरहेको बताउँनुभयो।
विकास क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने महिलाहरु क्षमतावान हुन आवश्यक रहेको उपाअध्यक्ष राईको भनाई छ ।विकास निर्माणमा महिला नेतृत्वको भुमिका, त्यसको अवसर, चुनौति र व्यवस्थापन लगायतको विषयमा तालिममा जानकारी गराईने छ । कार्यक्रममा गाउँपालिका प्रवक्ता भाेजराज कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई लगायतको उपस्थिति रहेको थियाे ।

तपाईको बिचार

सम्बन्धित खबर