सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ६ सल्लेरीस्थित जेरो पोइन्ट—नयाँ बजार क्षेत्रको सडक ढलान कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ बजारदेखि जेरो पोइन्टसम्म २ सय ३० मिटर सडक ढलान गर्ने गरी २०७९ माघ ५ गतेबाट सुरु गरिएको काम हालसम्म ९० प्रतिशत सकिएको वडा नम्बर ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाख बजेटमा भइरहेको ढलान कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य छ । ढलानको गुणस्तरमा जोड दिएर काम भइरहेको छ ।
कच्ची सडकका कारण नागरिकहरुले पैदल यात्रादखि सवारी साधन आवतजावतमा समेत सास्ती खेप्दै आएका थिए । लामो समयपछि सडक ढलान कार्य भएको भन्दै स्थानीयवासीहरुले खुशी व्यक्त गरेका छन् ।
तपाईको बिचार