साउदी जाने श्रमिकले तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने - दुधकोशी खबर

साउदी जाने श्रमिकले तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने

  • Dudh Koshi २०८० जेठ ३० मङ्गलबार ०८:३४:२७

काठमाण्डौ – रोजगारीका लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

यसअघि नेपालमा रहेको साउदी दूतावासले जुन १२ अर्थात् यही जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्ने सूचना जारी गरेको भए पनि तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा दिने बताएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर