प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुको साधारण सभा सम्पन्न - दुधकोशी खबर

प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुको साधारण सभा सम्पन्न

सोलुखुम्बु । प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुको पहिलो वार्षिक साधारण सभा सल्लेरीमा सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुका उपाध्यक्ष दीप राईको सभापतित्व एंव प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एंव कोशी प्रदेश इन्चार्ज बिक्रम लुइटेको प्रमुख आतिथ्यतामा साथै नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एंव कोशी प्रदेश इन्चार्ज बिक्रम लुईटेलले पत्रकारीता गर्नेको सदस्य संख्या वृद्धि भएपनि वास्तविक पत्रकारीता गर्नेको कमी रहेको बताउनुभएको छ ।

केन्द्रिय सचिव लुईटेलले हाल पत्रकार महासंघले पत्रकारको शुद्धिकरण गर्ने भनि थालेको अभियानलाई प्रेस चौतारीको पुर्ण रुपमा साथ रहेको बताउदै यसबाट कसैलाई घाटा वा नाफाको लेखाजोखा नगरि शुद्धीकरणको विषयलाई ध्यान दिन आग्रह गर्नुभयो ।

वहाँले दक्षताको आधारमा पत्रकारीता गर्न आग्रह गर्दै पत्रकारीता क्षेत्रमा भविष्य सुनिश्चित गर्न राज्यले पनि आवश्यक सहयोग गनुपर्ने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले प्रेस चौतारीका सदस्यहरुको विस्तार गर्दै आवश्यक तालिमको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका उपसचिव दिपक राजभण्डारी, नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका लेखा समितिका संयोजक रामकाजि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर