अक्षय कोष स्थापना गरेर मनाएर नेविसंघका पुर्व अध्यक्ष बस्नेतले जन्मदिन - दुधकोशी खबर

अक्षय कोष स्थापना गरेर मनाएर नेविसंघका पुर्व अध्यक्ष बस्नेतले जन्मदिन

  • Dudh Koshi २०८० जेठ २६ शुक्रबार १६:२४:४७

सोलुखुम्बु । नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष तथा समाजसेवी नवीन बस्नेतले थुलुङ दुधकोशी गाउँपालिकाको एक विद्यालयमा लाखौंको अक्षयकोष खडा गर्नुभएको छ ।
बस्नेतले जन्म दिनको अवसर पारी आज स्वर्गिय हजुरबुबा बम बहादुर थापा र हजुरआमा स्व. बेदमाया थापाको नाममा जीवन ज्योति माधयमिक विद्यालय काँगेलमा १ लाख १ हजार १ सय रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिदिनुभएको हो ।
गरिव तथा जेहेन्दार विद्यार्थीलाई लक्षीत गरि अक्षय कोष स्थापना गरिएको बस्नेतले बताउनुभयो ।
उक्त रकम काका बल बहादुर थापामार्फत एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर