आधारभूत तह गणित विषय शिक्षकको पेसागत विकास सम्बन्धि दोस्रो चरणको तालिम सल्लेरीमा सुरु - दुधकोशी खबर

आधारभूत तह गणित विषय शिक्षकको पेसागत विकास सम्बन्धि दोस्रो चरणको तालिम सल्लेरीमा सुरु

  • Dudh Koshi २०८० जेठ २६ शुक्रबार १३:४०:०४

सोलुखुम्बु । गैह्र सरकारी संस्था रीड नेपालले सोलुखुम्बुमा आधारभूत तह गणित विषयको शिक्षकको पेसागत विकास तालिम दोस्रो चरण सुरु गरेको छ ।
रिड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र सोलुखुम्बुका स्थानीय तहहरुको समन्वयमा आधारभूत तह गणित विषयको शिक्षकको पेसागत विकास तालिम दोस्रो चरण आजबाट जनजागृती माध्यमिक विद्यालय सल्लेरीमा सुरु गरेको हो ।
तालिमको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले गर्नु भएको हो ।
तालिममा बोल्दै उपमेयर तामाङले सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

रीड नेपाललाई अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्न अनुरोध गर्नुभयो । साथै तालिममा सक्रियरुपमा सहभागी भएर तालिममा सिकेका सिपलाई विद्यालयमा पुर्याउन आग्रह गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सुनसरीमा लिनु पर्ने तालिम शिक्षा तालिम केन्द्र सुनसरीसँग समन्वय गरेर जिल्लामै संचालन गरेकोले तालिमको नियमलाई पूर्ण रुपमा पालना गर्न अनुरोध गर्नु भयो ।
तालिममा नियमित सक्रिय हुनका साथै तालिम पश्चात ५२ दिन भित्र गर्नुपर्ने स्वध्ययन खण्ड अन्तर्गतका सबै कामहरु समयमा नै गर्न आग्रह गर्नु भयो ।
१० दिन प्रत्यक्ष रुपमा तालिम लिए पश्चात विद्यालयमा गएर ५ दिन बराबर स्वअध्ययन खण्डमा गरिने कार्यहरु पाठयोजना निर्माण गरी शिक्षण, समस्या विश्लेषण, परियोजना कार्य , कार्यमूलक अनसन्धान लगाएतका कामहरु गर्नु पर्ने हुन्छ ।
जिल्ला भरका २७ जना सहभागी तालिमको सहजीकरण रिड नेपालको प्रशिक्षक सरद गौतम र रिड नेपाल कै सुजता राईले गरिरहनु भएको छ । रिड नेपालले अघिल्लो वर्ष समेत पहिलो चरणको तालिम संचालन गरिसकेको जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर