सोलुखुम्बुमा कृतिम अभ्याससहित विपद् प्रतिकार्यको तयारी - दुधकोशी खबर

सोलुखुम्बुमा कृतिम अभ्याससहित विपद् प्रतिकार्यको तयारी

सोलुखुम्बु । जिल्लामा विपद् प्रतिकार्य तथा बाढीपहिरो उद्धार अभ्यासको तयारी स्वरुप डेमो प्रदर्शन गरिएको छ । शुक्रबार आज जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको समन्वयमा नेपाली सेनाको टोलीले डेमो प्रदर्शन गरेका हुन् ।

वर्षायाम सुरु भएसँगै बाढीपहिरोका कारण हुने प्रभावितहरुको उद्धार र राहतका लागि जिल्लास्थित सुरक्षा निकायहरु बीच संयुक्त अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।

विपदमा परेकाहरुको खोजी तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामग्रीको बन्दोबस्ती, सुरक्षा निकायसँगको समन्वय तथा परिचालनलगायतका विषयमा केन्द्रित रहेर पूर्वाभ्यास गरिएको उहाँको भनाइ छ ।

उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरुलाई समेत पूर्वाभ्यासले सहयोग पुग्ने र जनचेतानाका हिसाबले पनि यस्ता कार्यले मद्दत पुग्ने विश्वास लिएको उहाँको भनाइ छ । यस्ता विपदमा परेकाहरुको कसरी खोजी तथा उद्धार गर्ने भन्ने विषयमा गरिएका अभ्यासहरुले नागरिकहरुको समस्यामा उद्धार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–६ स्थित सल्लेरी च्याल्सा विद्युत कम्पनीको पावरहाउस स्थित डेममा गरिएको डेमो प्रदर्शनमा प्रमुख जिल्ला अधिकारी भट्टराईसहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मी, अन्य राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

तपाईको बिचार

सम्बन्धित खबर