सोलु देउसाकी डिकमाया पुर्पक्षका लागि कारागार चलान - दुधकोशी खबर

सोलु देउसाकी डिकमाया पुर्पक्षका लागि कारागार चलान

सोलुखुम्बु । कुटपिट गरि हत्या गरेको आरोपमा सोलुखुम्बुबाट एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छ्न। कारागार चलान हुनेमा थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाकी ४६ वर्षीया डिकमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले दुधकोशी खबरलाई जानकारी दिए ।

उनका अनुसार गत वैशाख २७ गते सोही ठाउँ कि ७३ वर्षीया जुनामाया राईसँग सल्लेरीमा सामान्य विवाद भएको थियो । विवाद कै क्रममा हातहालाहाल भएपछि नाताले बुहारी पर्ने डिकमायाले कुटपिट गरि जुनामायालाई घाईते बनाएकी थिईन ।

घाईते राईको केही दिनपछी उपचारको क्रममा काठमाडौको मेडिकल कलेजमा ज्यान गएको थियो । जसपश्चात डिगमायालाई पुर्पक्षका लागि जेठ २३ गते जिल्ला कारागार सोलुखुम्बु चलान गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर