पत्ताले सव - डिभिजन वन कार्यालयले गर्यो भिमसेनथान माविमा वृक्षारोपण - दुधकोशी खबर

पत्ताले सव – डिभिजन वन कार्यालयले गर्यो भिमसेनथान माविमा वृक्षारोपण

 

सोलुखुम्बु ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला मुडेस्थित भिमसेनथान माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय सोलुखुम्बुको पत्ताले सव डिभिजन कार्यालयद्वारा आयोजित वातावरण सचेतना तथा विद्यालय वातावरण सुधार कार्यक्रम अन्तरगत आज विद्यालय वरिपरि ८० बोट मयुरपङ्खी धुपीको बिरुवा रोपिएको हो ।

यस्तै फोहोर मैला व्यवस्थापनको लागि सव डिभिजन वन कार्यालयले २ वटा डस्विन विद्यालयका प्रधानाध्यापक दावा शेर्पालाई हस्तान्तरण गरेको पत्ताले सव डिभिजन कार्यालयका सहायक वन अधिकृत अशोककुमार जैसवालले जानकारी दिनुभयो ।

जिल्लामा पताले, नेले, सोताङ र सल्लेरी गरि ४ वटा सव डिभिजन वन कार्यालय छन । जसमा एउटा सव डिभिजन कार्यालयले २ वटा विद्यालयमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

भिमसेनथान माध्यमिक विद्यालयमा १ सय ५२ जना विद्यार्थी अध्ययनरत छन । वृक्षारोपण कार्यक्रममा वन कार्यालयका कर्मचारी, शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर