सोलुखुम्बु । जिल्लामा ३ दिने क्षयरोग आधारभूत तालिम तथा क्षयरोग को हट विश्लेषण समीक्षा गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा फाप्लुमा यहि जेठ २२ गतेबाट सुरु भएको तालिम आज सकिएको हो ।
कार्यालयका क्षयरोग फोकल पर्सन असोक शिवाकोटीका अनुसार लुकेर रहेका क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने, गाउँवस्तीमा रहेका संकास्पद क्षयरोगी बिरामिको घरमा गई परिक्षण गर्ने, नयाँ प्रविधिका औषधिको बारेमा स्वास्थ्य कर्मिलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो।
तिनदिनसम्म जिल्ला भरका १८ जना स्वास्थ्यकर्मीलाई आधारभूत तालिम, एक दिन को हट विश्लेषण स्वास्थ्य कर्मी तथा स्थानिय तहाका स्वास्थ्य शाखा प्रमुख सहभागी उक्त तालिमको सहजीकरण प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठरोग अधिकृत तुलसीप्रसाद गुरागाईँ, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक शैलेश भुजेल र क्षयरोग फोकल पर्सन असोक शिवाकोटीले गर्नुभएको थियो ।
तपाईको बिचार