माओवादीकै नेता भ्रष्टाचारमा परे पनि छुट पाउँदैनन् : मन्त्री श्रेष्ठ - दुधकोशी खबर

माओवादीकै नेता भ्रष्टाचारमा परे पनि छुट पाउँदैनन् : मन्त्री श्रेष्ठ

  • Dudh Koshi २०८० जेठ २० शनिवार १८:२२:२७

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् ।

स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताए ।

‘सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

आफू नियम भन्दा बाहिर गएर काम नगर्ने भन्दै उनले सरुवा बढुवाका लागि कसैको भनसुन नमान्ने पनि बताए । ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ ।

तपाईको बिचार

सम्बन्धित खबर