माप्य दुधकोशी गाउँपालिकाका कृषकलाई मौरीपालन सम्बन्धी तालिम - दुधकोशी खबर

माप्य दुधकोशी गाउँपालिकाका कृषकलाई मौरीपालन सम्बन्धी तालिम

  • Dudh Koshi २०८० जेठ १७ बुधबार १७:४६:१२

सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा ७ दिनदेखि जारी  मौरी पालन सम्बन्धी तालिम सम्पन भएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा गत जेठ ११ गतेबाट सुरु भएको तालिम आज सकिएको वाकुबाट देबी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तालिममा वडा भित्रका ११ जना मौरी पालक कृषकहरुको सहभागी रहेको थियो । तालिमको समापन सँगै मौरी घार समेत हस्तान्तरण गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर