सोलुुखुम्बु प्रहरीको सफलता : ७ दिनमै हत्यारा पक्राउ - दुधकोशी खबर

सोलुुखुम्बु प्रहरीको सफलता : ७ दिनमै हत्यारा पक्राउ

  • Dudh Koshi २०८० जेठ १७ बुधबार १७:०३:१६

सोलुखुम्बु :  गत जेठ ११ गते थुलुङ दुधकोशी गाउँपालिका ७ मा भएको कुमारी राईको  बलात्कारपछि हत्या भएको प्रारम्भिक बयानबाट खुलेको छ ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको जेठ ११ गते राति हत्या भएको थियो । हत्या भएको ७ दिनपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३ जना आरोपितलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

आज बुधबार प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका ७ लुरुवाका २० वर्षीय युवराज खत्री, ५६ वर्षीय भागिधन राई र ५७ वर्षीय चरण राईलाई प्रहरीले सार्वजनिक गरिएको हो । बलात्कारपछि हत्याका लागी कुकर काठको पिरा, फलामको कर्नर र सिलबरको डाडु प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक राईको अनुहार, टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो । आरोपति चरण राईलाई १२ गते घरबाटै पक्राउ गरिएको थियो भने भागिधन राईलाई १३ गते र युवराज खत्रीलाई १४ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको थियो। हत्यापछि युवराजले प्रयोग गरेको चप्पल र कपडा सोहि ठाउँमा छाडेर भागेको समेत प्रहरीले जनाएको छ ।  हत्यामा संलग्न भएकाहरुको पहिचानका लागी प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको अनुसन्धान टोली आएकाले पनि चाडै पक्राउ गर्न  सफल भएको प्रहरीले जनाएको छ ।  प्रहरीले आरोपित विरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको छ । Solu FM

तपाईको बिचार

सम्बन्धित खबर