एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई हजार रुपैयाँ क्यासब्याक - दुधकोशी खबर

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई हजार रुपैयाँ क्यासब्याक

  • Dudh Koshi २०८० जेठ १६ मङ्गलबार १६:०३:०६

काठमाण्डाै – आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंकमार्फत् आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक गर्ने भएकाे छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यकासाथ क्यासब्याककाे अफर ल्याइएकाे कम्पनीले जनाएकाे छ ।

अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएकाे छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुने भएकाे छ ।

केही समययता आईएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यकासाथ यो सम्झौता भएको थियो । सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नु भएको थियाे ।

तपाईको बिचार

सम्बन्धित खबर