लिखुपिके गाउँपालिकाका ४ विद्यालयलाई गोली भिलेज ट्रष्टको सहयोग - दुधकोशी खबर

लिखुपिके गाउँपालिकाका ४ विद्यालयलाई गोली भिलेज ट्रष्टको सहयोग

  • Dudh Koshi २०८० जेठ १६ मङ्गलबार १५:५७:२२

सोलुखुम्बु :  लिखुपिके गाउँपालिकामा रहेको ४ वटा विद्यालयलाई सहयोग प्राप्त भएको छ । लिखुपिके गाउँपालिका वडा नम्बर १ को सेती भुमि आधारभुत बिद्यालय र चण्डेश्वरी आधारभुत बिद्यालय,सरस्वती आधारभुत बिद्यालय र वडा न ५ मा रहेको चन्द्रज्योती माध्यमिक विद्यालयलाई गोली भिलेज ट्रसको शैक्षिक सामाग्री सहयोग मिलेको हो ।

दाताको सहयोगमा गोली काप्तीको प्राथमिक विद्यालय र सेतीभूमिको नर्सरी कक्षाका लागि गलैंचा सेट,दुईवटा डेस्क र १३ वटा कुर्सी उपलब्ध भएको बिद्यालयले जनाएको छ । उक्त बिद्यालयलाई शैक्षिक स्टेशनरी सामाग्री सहयोग गरिएको गोली भिलेज ट्रसका अध्यक्ष सफल पर्यटन ब्यबसायि तथा समाजसेवी दावाछिरी शेर्पाले बताउनु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर