नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्‍याे - दुधकोशी खबर

नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्‍याे

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०९:३५:४१

काठमाण्डाै – मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज साेमवार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेले पराजित भयाे ।

नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार बेहाेरेकाे हो । यसअघि मलेसियासँग भएका तीन वटा टी–२० अन्तर्राष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।

आज नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ ओभर ५ बलमा ५० रन बनाउँदै अलआउट भयो ।

नेपालले अब मलेसियासँग दोस्रो खेल भोलि मङ्गलवार खेल्ने छ । यस्तै आउँदो बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल खेल्ने छ ।

तपाईको बिचार

सम्बन्धित खबर