सफा हिमाल अभियानका सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा मुत्यु - दुधकोशी खबर

सफा हिमाल अभियानका सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा मुत्यु

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०९:३३:३३

सोलुखुम्बु :  नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक निधन भएको हो ।
विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ ।

उहाँको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर