सोलुखुम्बु । खुम्बु पासाङल्हमु गाउँपालिकामा निर्माण भएको एभरेस्ट संग्रहालयको उद्घाटन भएको छ । आज एक कार्यक्रमकाबिच राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले संग्रहालयको उद्घाटन गर्नुभएको हो । शेर्पा जातीको परम्परागत सँस्कृती झल्कने भेषभुषा, मानव जिवनमा दैनिक प्रयोगमा आउने सामाग्रीहरुको संकलन गरि संरक्षण गर्ने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ का स्थानीय ल्हाक्पा सोना शेर्पाले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको हो ।
संग्रहालयमा हिमाल आरोहणमा प्रयोग हुने औजारहरु, सन १९५३ पछाडी आरोहण गरेका व्यक्तिहरुको तस्वीरहरु साथै खुम्जुङ, नाम्चे, लुक्ला जस्ता महत्त्वपूर्ण बस्तिहरुको विभिन्न समय कालखण्डका तस्वीरहरु संकलन गरि राखिएको छ ।
खुम्बु पासाङल्हमु गाउँपालिकामा एभरेस्ट संग्रहालयको उद्घाटन

ताजा
लोकप्रिय
सम्बन्धित खबर
सोताङ गाउँपालिकामा रिडले गर्यो कार्यशाला सम्पन्नसँगै योजना ड्राफ्ट हस्तान्तरण

जिरो पोइन्टदेखि दोर्पु जाने सडक ढलानको मेयर शेर्पासहितको टोलिद्वारा अनुगमन

बन्यो खुम्बु जोड्ने मोटर पुल, हट्यो सास्ती

जनप्रीय माविको अक्षयकोषमा पहिलो दिन नै २० लाख बढी रकम संकलन

सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तपाईको बिचार