नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु - दुधकोशी खबर

नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०९:२९:१२

सोलुखुम्बु :  नेचासल्यान गाउँपालिकाले प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सर्बोच्च अदालतले जारी गरेको अन्तरिम आदेश संशोधन गरेसंगै गाउँपालिकाको वडा नं–३ मा साप्ताहिक हाट रहेको तत्कालीन गाबिसको स्वामित्वको जग्गामा बुधबारदेखि फाउन्डेसन निर्माणको काम सुरु गरिएको हो।

निःशुल्क प्राप्त मापदण्ड अनुसारको जग्गा हुंँदाहुंँदै ऐतिहासिक बिहिबारे बजारको अस्तित्व समाप्त पारेर गाउँपालिकाको प्रशासनिक भवन बनाउने गाउँकार्यपालिकाको निर्णयबिरुद्ध उद्योग राई र ज्ञानसिं राईसमेतले दर्ता गरेको रिट निवेदनमा गत चैत २६ गते सर्बोच्च अदालतद्वारा जारी अन्तरिम आदेश बैशाख १५ गते संशोधन भएको थियो।   सम्पूर्ण कागजातसहित गाउँपालिकाको तर्फबाट अधिबक्ता हरिप्रसाद कटेलले अन्तरिम आदेश खारेज गरी पाउँ भनि सर्बोच्चमा दिएको निवेदनमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश कुमार चुंडालको इजलासले जारी गरेको अन्तरिम आदेश संशोधन अन्तरिम आदेशले केदार माध्यमिक विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. ३६१ को जग्गा बाहेक तत्कालीन गाबिसको स्वामित्वमा रहेको जग्गामा भवन निर्माणका लागि अवरोध नगरेका कारण हाललाई फाउन्डेसनको काम अघि बढाईएको र आर्थिक बर्ष ०८०÷८१ को बार्षिक कार्यक्रममा बजेट ब्यबस्था गरि भवन निर्माण गरिने गाउँपालिका अध्यक्ष धनजन राईले बताउँनुभयो ।
केदार माबिको स्वामित्वमा रहेको जग्गा छोडेर पालिकाको स्वामित्वमा रहेको बाँकी जग्गामा प्रशासनिक भवन निर्माणका लागि काम सुरु गरिएको हो।

गाउँपालिकाले विद्यालयको स्वामित्वमा रहेको सो जग्गा ३५ बर्षका लागि लिजमा लिएको छ । सो जग्गामा भवन निर्माणका लागि सर्बोच्चले रोक लगाएपछि उक्त जग्गालाई अब गार्डेन र पार्किङका रूपमा उपयोग गरिने अध्यक्ष राईको भनाई छ ।  बिहिबारे बजार क्षेत्रभित्र प्रशासनिक भवन निर्माण हुने भएपछि साप्ताहिक हाटका लागि त्यसैसंगै जोडिएको उत्तर–पश्चिमपट्टीको गाउँपालिकाकै मौज्दात जग्गालाई उपयोगमा ल्याईएको छ ।   स्थानीयलाई सहज सेवा उपलब्ध गराउनका लागि प्रशासनिक भवन अत्यावश्यक भएको बताउंदै राईले जोखिम मोलेरै भएपनि आगामी आर्थिक बर्षभित्र निर्माण कार्य सुरु गरिने उहाँको भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर