सोलुखुम्बु । कलाकार महेसबाबु सुन्दासको नयाँ म्युजिक भिडियो मनको कुरा सार्वजनिक भएको छ । काठमाडौंकी मैया खड्का र सोलुखुम्बु काँगेलका सुन्दासको आवाजमा रहेको उक्त म्युजिक भिडियोमा सोनु लामाको शब्द संगित रहेको छ।
माया पिरतीसँग सम्बन्धित गितमा देवेश राईले एरेन्ज गर्नुभएको छ । मनको कुरा गित संगित भकारी युटुब च्यानलबाट २ हप्ता अघि सार्वजनिक भएको छ ।
सुन्दासले छिट्टै अन्य गितसंगित पनि नेपाली बजारमा ल्याउने समेत सोलु एफ.एम.सँग बताउनुभयो ।
तपाईको बिचार