प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस् - दुधकोशी खबर

प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०८:४४:३९

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उहाँले सार्वजनिक जग्गा नजिकका मानिसलाई दिन नहुने बताउनुभयो ।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताउनुभयो । उहाँले काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताउनुभयो । उहाँले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनी दिनुभयो ।

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हीतका लागि प्रयागे गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू बिरोधमा उत्रिने पनि बताउनुभयो।

सांसद पौडेलले वृक्षारोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर