रेशम चौधरी रिहा भएपछि समर्थकहरुः भूमिपुत्रको जित भयो - दुधकोशी खबर

रेशम चौधरी रिहा भएपछि समर्थकहरुः भूमिपुत्रको जित भयो

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०८:२४:२४

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए ।

चौधरी रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्नासमर्थकहरुसँग भेट गरेका छन् । माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो । स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताउनुभयो ।

उहाँले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उहाँले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताउनुभयो । उहाँले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

सर्मर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर