अज्ञात समुहद्धारा सोलुखुम्बुमा एक महिलाको हत्या - दुधकोशी खबर

अज्ञात समुहद्धारा सोलुखुम्बुमा एक महिलाको हत्या

  • Dudh Koshi २०८० जेठ १२ शुक्रबार ०६:२६:३४

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।

 गएराति करिब ९ बजेको समयमा राईको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । वडा नम्बर ७ की वडा सदस्य सरिता राइका अनुसार महिलाको शब अर्धनग्र अवस्थामा भेटिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ ।  

तपाईको बिचार

सम्बन्धित खबर