एमालेका मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री यादवको निर्देशन - दुधकोशी खबर

एमालेका मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री यादवको निर्देशन

  • Dudh Koshi २०८० जेठ ७ आइतबार १३:५२:०२

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी एमालेका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनपछि एमालेको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ ।

मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन निर्देशन दिएका हुन् । मधेस प्रदेश सरकारमा एमालेका ४ मन्त्री छन् ।एमालेका मन्त्रीहरू मंगलबार अबेरसम्म राजीनामा नगरे पदमुक्त गरिदिने तयारी पनि छ ।

मालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री छन् ।

तपाईको बिचार

सम्बन्धित खबर