सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की - दुधकोशी खबर

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

  • Dudh Koshi २०८० जेठ ७ आइतबार १३:४८:१८

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनुभएको छ ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता स् अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिनुभयो ।

नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उहाँले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राख्नुभयो ।

उहाँले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राख्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।”

तपाईको बिचार

सम्बन्धित खबर