दिप खालिङ/सम्पादक
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिकाको दिप्लिमा निर्माण भएको बेलिब्रीजलाइ गत बिहीवार राति दुधकोशीमा आएको बाढीले पुर्ण रुपले क्षति बनाएको छ ।
कोशी पारि रहेको सोताङ गाउपालिका र महाकुलुङ गाउपालिका जोडने दुधकोशी नदि माथि बेलिब्रीज निर्माण भई सिधा सदरमुकाम र राजधानी सम्म सडक यातायातले जोडिएको थियो । तर अहिले बर्षादको कारणले नदिमा आएको बाढीले यातायात र आवतजावतमा समस्य भएको हो ।
उक्त क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्थलगत निरीक्षण गर्दै प्रदेश र गाउपालिकाका प्रमुखहरुसङ क्षति न्यूनीकरणको लागि समन्वय गर्ने बताउनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ को सिमाना दिप्लीमा पुल निर्माणको क्रममा प्रयोग भएको आरबि अन्ट्रक्सन प्रालिको बा २ क २०५७ नम्बरको स्काभेटर एक थान, मिक्स्चर एक थान, जेनेरेटर एक था, फलामको रड (डण्डी ) पन्ध्र (१५) बण्डल, फलामको स्काई फोल्डिङ फर्मा ३३० वटा बाढिले गर्दा करोडौंको क्षति भएको प्रत्यक्षदर्शीले बताउनु भयो ।
बेलिबृजलाई क्षति न्यूनीकरण गर्न दुधकोशीमा पानीको बहाब बढेकोले तत्काल सम्स्याको समाधान गर्ने नसक्ने अवस्था छ । साथै दुई गाउपालिकाका जनताहरु यात्रा गर्न कठिन भएको छ ।